यातायात कार्यालयलाई धनगढी उपमहानगरको निर्देशन-थप अटो रिक्सा दर्ता नगर्नु
2022/08/03, 1:29
धनगढी उप महानगरपालिकाले यातायात कार्यालय धनगढीलाई थप अटो रिक्सा दर्ता नगर्न पत्राचार गरेको छ ।
धनगढीमा आवश्यक्ता भन्दा बढी अटो रिक्सा सञ्चालन भएको भन्दै उप महानगरपालिकाले ट्राफिक ब्यवस्थापनमा समस्या भएको जनाएको छ । यस कारण अटो रिक्सा दर्ता गर्दा सञ्चालन हुने स्थानिय तहको नाम उल्लेख गरेर मात्रै दर्ता गर्न उप महानगरपालिकाले यातायात ब्यवस्था कार्यालयलाई पत्राचार गरेको हो ।
धनगढी उप–महानगरपालिकाका मेयर गोपाल हमालले अटो रिक्साको संख्या अत्यधिक बढेर आवागमनमा समस्या भएको भन्दै यातायात व्यवस्था कार्यालय धनगढीलाई पत्र पठाएको बताए। यातायात व्यवस्था कार्यालय धनगढीमा अहिलेसम्म साढे पाँच हजार रिक्सा दर्ता भएको तथ्याङ्क छ। धनगढीमा मात्रै करिब तीन हजार विद्युतीय रिक्सा सञ्चालनमा रहेको अनुमान गरिएको छ।
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/10/01, 7:23
2024/02/23, 12:10
2022/02/21, 3:26