
लागुऔषध खरिद गर्न धनगढीबाट कञ्चनपुर पुगेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बेलौरी नगरपालिका वडा नम्बर ६ को प्रेमनगरबाट १४ दशमलव ७५ ग्राम लागुऔषध९खैरो हिरोइन० सहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा अछामको साफेबगर नगरपालिकाका २४ वर्षीय गणेश भण्डारी, २२ वर्षीय खगेन्द्र भण्डारी, साफेबगर नगरपालिकाकै २० वर्षीय सन्दीप कुँवर, २६ वर्षीय बिक्रम कुँवर, ३३ वर्षीय क्षतिज बुढा र कञ्चनुरको कृष्णपुर नगरपालिकाका २५ वर्षीय रोशन ऐर छन् ।
उनीहरु धनगढीबाट लागुऔषध खरिद गर्नकै लागि बेलौरी पुगेको प्रहरीको भनाई छ । उनीहरुको साथबाट सुपप्र०१००८ प८८७८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए । ६ जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/09/02, 1:38
2022/07/08, 4:44
2023/11/18, 2:39
2020/09/03, 8:25