
सुदूरपश्चिम प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले कोभिड अस्थायी अस्पतालमा आईसीयूमा उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको जानकारी दिए ।

बिहीबार अस्पताल भर्ना भएका ती पुरुषमा अल्कोहोलिक हेपाटाइटीसको समस्या थियो तर परीक्षणका क्रममा उनलाई कोरोना भाइरसको संक्रमण पनि देखिएको थियो । सूचना अधिकारी श्रेष्ठका अनुसार मृतकले कोरोना भाइरसविरुद्धको खोप भने लगाएका थिएनन् ।
नेपालमा कोरोनामा नयाँ भेरियन्टको संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशमै पहिलो पटक संक्रमित मृत्यु भएको हो तर ती पुरुषमा नयाँ वा पूरानै कस्तो खालको संक्रमण हो रु भन्ने कुरा खुल्न सकेको छैन ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14