
सुदूरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले एन्टीजेन र पीसीआर विधिबाट एक हजार १०७ जनाको नमूना परीक्षण गरिएकोमा ८४ जनामा संक्रमण देखिएको जनाएको छ ।

१०२३ जनाको रिर्पोट भने नेगेटिभ आएको छ । भारतसँग सीमा जोडिएका प्रदेशका तीन जिल्ला कैलाली, कञ्चनपुर र बैतडीको सीमा नाकामा गरिएको परीक्षणमा मात्र ६३ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ ।
प्रदेशकै रेफरल सेती प्रादेशिक अस्पतालमा ५९ जनाको नमुना परीक्षण गर्दा १७ जनामा संक्रमण पुष्टि भएको छ ।

2025/07/28, 12:35
2025/07/24, 3:22
2025/07/24, 3:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/09/18, 11:48
2020/11/07, 12:08
2022/08/09, 5:54