कैलालीको धनगढीमा रहेको सेती प्रादेशिक अस्पताललाई २०० शय्यामा स्तरोन्नति गरिने भएको छ। मंगलबार बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले अस्पताललाई २०० शय्यामा स्तरोन्नति गर्ने निर्णय गरेको हो।
सेती अस्पताल नेपाल सरकारबाट ५० र आन्तरिक स्रोतबाट ७५ गरी १२५ शय्यामा सञ्चालन हुँदै आएको छ। हाल उपलब्ध क्षमता अपुग भएपछि अस्पतालको क्षमता विस्तार गर्ने निर्णय भएको सामाजिक विकास मन्त्री गोविन्दराज बोहराका स्वकीय सचिव टेकराज पाण्डेयले जानकारी दिए।
२०० शय्यासम्म स्तरोन्नति गर्ने अधिकार प्रदेश सरकारसंग छ। स्वकीय सचिव पाण्डेयका अनुसार अस्पताललाई ३०० शय्यामा स्तरोन्नतिका लागि संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई लेखी पठाउने निर्णय पनि भएको छ।
2024/11/27, 4:05
2024/11/27, 3:58
2024/11/27, 3:35
2024/11/27, 3:24
2024/11/27, 3:14
2024/11/27, 4:05
2024/11/27, 3:58
2024/11/27, 3:35
2024/11/27, 3:24
2024/11/27, 3:14
2020/05/24, 4:53
2020/09/23, 11:50
2021/03/21, 12:04
2021/10/12, 10:48
2023/02/05, 1:47