
जिल्ला प्रहरी कार्यालय र सरकारी वकिलको कार्यालय बैतडीको नाममा कारण देखाउ आदेश जारी भएको छ । उच्च अदालत दिपायल महेन्द्रनगर इजलासका न्यायाधिश कृष्णलाल भट्टराइको इजलासले दुवै कार्यालयको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

मेलौली नगरपालिका वडा नम्बर २ का पूर्व वडाध्यक्ष महेन्द्रबहादुर चन्दले आफूमाथि कुुटपिट गरेको जाहेरी दर्ता नगरेको भन्दै परमादेशको माग गर्दै दायर गरेको रिटमाथि सुनवाइ गर्दै उच्चले यस्तो आदेश जारी गरेको हो ।
चन्दले दिएको जाहेरी दर्ता नगर्नुको कारणसहित १५ दिनभित्र लिखित जवाफ पेश गर्न दुवै कार्यालयलाई आदेश दिइएको छ ।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/15, 1:55
2020/10/19, 8:33
2021/05/26, 6:27