ग्लोबल आईएमईका ग्राहकलाई माया मेट्रो अस्पतालमा छूट
2022/08/10, 1:11
 
ss

ग्लोबल आईएमई ब्यांकका ग्राहक र कर्मचारीले धनगढीस्थित माया मेट्रो अस्पतालले दिने विभिन्न सेवामा छूट पाउने भएका छन्।

ब्यांक र अस्पताल बीच भएको सम्झौता अनुसार‚ ब्यांकका खातावाल ग्राहक र कर्मचारीहरूले अस्पतालले प्रदान गर्दै आएको विभिन्न सेवाहरूमा १५ प्रतिशतसम्म छूट प्राप्त गर्नेछन्।

छूट लिन ग्राहकहरूले ब्यांकको डेबिट‚ क्रेडिट‚ प्रिभिलेज कार्ड र कर्मचारीले ब्यांकको परिचयपत्र पेश गर्नु पर्नेछ। 

आफ्ना ग्राहकको सुविधाका लागि ब्यांकले विभिन्न अस्पलातहरूसँग यस्ता सम्झौता गर्दै आएको छ।