भारतको पञ्जाबबाट करोड बढि मूल्यको सुन चोरीको आरोपमा पक्राउ परेकाहरु १०÷१० हजार धरौटी बुझाएर छुटेका छन् । कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको आदेशमा सुन चोरीको आरोपमा पक्राउ परेका धनगढीका व्यवसायी सन्तोश लामिछानेसहितका ६ जना धरौटी बुझाएर छुटेको प्रशासन स्रोतले पुष्टि गरेको छ ।
कैलाली प्रहरीले लामिछानेसहितका ६ जनाविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाएको थियो । लामिछाने नेपाल सुनचाँदी व्यवसायी महासंघ सुदूरपश्चिमका अध्यक्ष पनि हुन् । तर जिल्ला प्रहरी कार्यालयले भने विस्तृत विवरण प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गर्ने जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले बुधबार ९भोलि० मात्र प्रेस विज्ञप्ती मार्फत सो सम्बन्धमा विस्तृत विवरण सार्वजनिक गर्ने बताए ।
सुन व्यवसायी लामिछानेलाई प्रहरीले गत १८ गते त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो । उनी चोरीको सुन खरिदमा संलग्न भएको प्रहरीले दाबी गरेको थियो । उनीसँगै पक्राउ परेका अन्यको परिचय भने अझै खुलाइएको छैन ।