
धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको मृत्यु भएको छ । मंगलबार राती धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भएर दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरियाकाअनुसार मोटरसाइकलमा सवार डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडैको मृत्यु भएको हो । गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएको भएपनि अस्पतालले मृत घोषणा गरेको प्रहरीको भनाइ छ ।
चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोश मल्ल घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मृतक मडैको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14