
सुदूरपश्चिम प्रदेश सरकारले अछाममा सडक निमार्णका लागि झण्डै ७४ करोड बजेट छुट्टाएको छ । चालु आर्थिक वर्ष २०७९/८० मा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले ५६ वटा योजना निर्माणका लागि ७३ करोड ७१ लाख बजेट विनियोजन गरेको हो । जसमा सडक कालोपत्रेदेखि पक्कि पुल निर्माण, सडकको स्तरोन्नति र नयाँ ट्रयाक खुलाउने योजना समेटिएका छन् ।

ती योजनाहरु पूर्वाधार विकास कार्यालय अछामबाट सञ्चालन हुने बताइएको छ । जयगढ–माझेठाना– रामारोशन सडक कालोपत्रेका लागि २० करोड छुट्याएको पूर्वाधार विकास कार्यालय अछामले बताएको छ । चिसापानी–जंगलघाट बाजुराको बडीमालिका जोड्ने सडकमा १४ करोड छुट्याइएको छ भने विनायक–लयाटी –पुल्लेलोला– रामारोशन र चिसापानी–जंगलघाट –ऋषिदह–वाजुराको बडिमालीका सडकलाई पाँचरपाँच करोड बजेट परेको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/16, 7:18
2021/08/17, 1:30
2022/06/02, 4:18
2023/08/17, 1:14