
कैलालीमा मोटरसाइकलले साइकलयात्रीलाई ठक्कर दिँदा दुई जना घाइते भएका छन्।

गौरीगंगा नगरपालिका-६ वनभेडा नजिक से २ प १७५३ नम्बरको मोटरसाइकलले चुरे गाउँपालिका(५ का २९ वर्षीय हर्क अर्थलालाई ठक्कर दिएको प्रहरीले बताएको छ।
दुर्घटनामा मोटरसाइकल चालक गौरीगंगा(६ कै ३० वर्षीय हरिश साउद र साइकलयात्री अर्थला घाइते भएका प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

दुवै जनाको चौमालास्थित बडीमालिका पोलिक्लिनिकमा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15