बझाङको सदरमुकाम चैनपुरस्थित एक पसलमा चोरी भएको छ। शुक्रबार राति जिल्ला अदालत बझाङको अगाडि रहेको किरण किराना पसलमा चोरी भएको हो।
प्रहरीका अनुसार ४० हजार नगद, २० हजार बराबरको रिचार्ज र अन्य सामान गरि ७० हजार बराबरको चोरी भएको हो। आजकल चैनपुरमा चोरीका घटना बढिरहेका छन्।
जिल्ला प्रहरी कार्यालय नजिकै भए पनि चोरीका घटनामा कमी नआउनुले स्थानीयले सुरक्षा निकायमाथि आक्रोश पोखेका छन्। यता, प्रहरीले भने बजारको सुरक्षाका लागि दैनिक २ टोलीको गस्तीले निगरानी गर्दै आएको बताएको छ।
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2024/11/27, 1:38
2024/11/27, 1:35
2024/11/27, 1:24
2024/11/27, 1:20
2024/11/27, 1:11
2020/06/24, 6:46
2021/07/08, 9:49
2022/03/14, 11:56
2023/05/11, 9:29