मन्त्रीफाँटामा दुर्लभ सारस (फोटोफिचर)
2022/08/15, 1:45
 
ss

कैलालीको भजनी नगरपालिका–३ मन्त्रीफाँटामा विश्वमै दुर्लभ प्रजातिका सारस नियमित देखिन थालेका छन् । 

No description available.
पछिल्लो केही वर्ष यता सो क्षेत्रमा हरेक वर्ष सारस देखिन थालेका हुन । यो सिजनमा पनि एउटा बच्चासहित तीन वटा सारस देखा परिरहेका छन् । केही वर्ष सारस आउन छाडेको सो फाँटामा अब सारसको ‘कमब्याक’ भइसकेको चराविद् हिरुलाल डङ्गौराले बताए ।उनका अनुसार मन्त्रीफाँटामा देखिएका बच्चा गतवर्षको हो । यो वर्ष अलि ठूलो भइसकेको छ । मन्त्रीफाँटामा बच्चासहितको सारस देखा पर्दै आए पनि बच्चा कहाँ कोरलेको हो भन्ने थाहा नभएको डङ्गौराको भनाइ छ । ‘भजनीमै रहेको अतिक्रमित पुरैना ताल क्षेत्रमा गतवर्ष सारसले गुँड लगाएको कुरो सुनिएको थियो’, उनले भने,‘तर, त्यसको पुष्टि भएन । यद्यपि, बच्चा यतै कतै कोरलेको हुनुपर्छ ।’ गत वर्ष एक जोडी सारस पुरैना तालमै देखिएका थिए ।

No description available.

नेपालमा पाइने चार प्रजातिका सारस पाइन्छन् । जसमध्ये कालो टाउके र सारस विश्वमै दुर्लभ प्रजाति हुन । अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसीएन) को रातो सूचीमा रहेको संवेदनशील प्रजाति सारस नेपालको पश्चिम तराईको लुम्बिनी क्षेत्रमा वर्षभरि पाइने रैथाने चरा हो । तर, कालो टाउके सारस भने आक्कल झुक्कल देखिने गरेको बताइन्छ ।

लक्ष्मण र क¥याङ्कुरुङ सारस भने हिउँदे आगन्तुक तथा बटुवा चरा हुन । उत्तरी ध्रुवमा हिमपात भएपछि अनुकूल मौसम, सुरक्षित बासस्थान र चरनको खोजीमा यो दुई प्रजातिका सारस चरा बर्सेनि नेपाल हुँदै भारत र श्रीलङ्कातर्फ जाने गरेको डङ्गौराले बताउनुभयो । सो क्रममा ति चराहरु अनुकूल स्थान पाएमा नेपालमा पनि बस्ने गरेका छन् । संघले मुस्ताङमा गरेको अध्ययन अनुसार हरेक वर्ष करिब १५ हजार क¥याङकुरुङ सारस कालीगण्डकीको आकाश हुँदै नेपाल भित्रिने गरेका छन् । 

No description available.

सारसलाई सिमसार क्षेत्रको सूचक प्रजाति मान्ने गरिन्छ । डङ्गौराका अनुसार सारसको उपस्थितिले सिमसार क्षेत्र र पारस्थितीय प्रणाली स्वस्थ रहेको बुझाउने गर्दछ । यो प्रजातिको चराले सर्पको सङ्ख्या नियन्त्रण गर्नुका साथै कृषिबालीका लागि हानिकारक शङ्खे लगायतका अन्य प्रजातिका किरा खाएर अन्न उत्पादनमा सहयोग गर्ने गरेका छन् । यसैगरी, बाघ, चितुवा जस्ता हिंस्रक जनावर नजिक आउन लागेमा पनि सारसले कराएर जानकारी दिने र आक्रमण हुनबाट जोगाउने गर्दछन् । 

No description available.

खेतीपातीमा किटनाशक विषादीको प्रयोग, जल क्षेत्रको अत्यधिक र अव्यवस्थित उपयोगले सिमसार मासिदैं गएको छ । सिमसारमा परेको असरले सारस चरालाई असर परिरहेको छ ।

No description available.

बासस्थानको रुपमा रहेको सिमसार क्षेत्र तीव्र रुपमा मासिदैं जानू नै सारसको लागि प्रमुख चुनौती रहेको डङ्गौराले बताए । ‘यसैगरी, चोरी सिकार, प्रदुषण लगायतका कारणले पनि सारस समस्यामा परिरहेका छन्’, उनले भने ।  

No description available.