सुदूरपश्चिम प्रदेश सरकारमा भोलि भदौ १ गते ओल्के पर्व मनाइदैछ । सो पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो । उक्त दिन सबै सरकारी कार्यालय तथा सार्वजनिक निकाय बिदा हुने सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।
साउन मसान्तसँगै प्रदेशमा ओल्के पर्वको रमझम सुरु हुन्छ । ओल्के मनाउन रोजगारीका लागि भारत लगायतका स्थानमा गएका सुदुरपश्चिमेलीहरू स्वदेश फर्कन थालेका छन । साउने झरी सकिएलगत्तै दैवी प्रकोपबाट बाँचिएको खुसीयालीमा सुदूरका पहाडी जिल्लामा ओल्के पर्व मनाउने चलन छ । साउनको अन्तिम दिन र भदौको पहिलो दिनमा विशेष महत्त्वका साथ ओल्के पर्व मनाइने परम्परा रहिआएको छ ।
ओल्को भन्नाले ‘उपहार’ वा ‘कोसेली’ भन्ने बुझिन्छ । आफूभन्दा ठुलाबडा मान्यजनलाई सम्मानस्वरुप कर्कलाको भित्री पात, फलफूल आदि दिनु, छोरीचेलीहरूलाई घरमा बोलाएर मिठो÷मसिनो खानदिनु, हातमा मेहेन्दी लगाउनु यस पर्वको विशेषता हो । ओल्के संक्रान्ती पर्व पर्व विशेषमा ओल्कोको रूपमा फलफूल, सागपात, अन्न, दूध, दही, घिउ, गूड र पक्वान्न आदि मान्यजन र आफन्तकहाँ पठाइन्छ । लुगा–कपडा, पैसा वा यस्तै अन्य उपहारसमेत दिने प्रचलन बढ्दो छ । यतिमात्रै होइन, गुठियारहरूले ईष्ट कुलदेवताको मन्दिरमा नयाँ अन्नबालीको ओल्को चढाउँछन् । विभिन्न जनजातिहरूमा कृषि युगदेखि नयाँ अन्नको न्वागि चढाउने चलन पनि देखिएको छ ।
यस्तो छ सामाजिक मान्यता
भनिन्छ, ओल्के संक्रान्तिताका सतरति ९ सातरातको झरी० पर्दछ । यो समयमा आकाशमा तारा देखिएमा वा वन चर्न गएका भैसीका सिङ ओभानो भएमा समेत अनिकाल पर्ने सम्भावना रहन्छ । यसैताका ऋतुमति धर्तीले नवीन सिर्जना गर्न थाल्छिन् । प्रकृतिमा नयाँ–नयाँ किसिमका वनस्पति र किरा फट्याङ्ग्राहरू देखिन थाल्छन् । धुलो धुँवा र फोहोर पखालिन्छ । पाखा पखेरामा नवधार ९पानीका नयाँ मुहान० फुट्न थाल्छन् । पृथ्वी पुनः शस्यश्यामला र कञ्चन बन्छिन् । ओल्के संक्रान्ति पछि नै सुरु हुन्छ गौराको पावन पर्व । देवराग अर्थात् डेउडा गित देउरा गायनको महान् अवसर ।
भनिन्छ, पहाडका ससाना खोलानालाबाट पनि ओल्को आउन थालेपछि मैदानका महानदीले यिनलाई निक्कै फुरुङ्ग्याउँछन् । कुरैकुरामा आफ्नी छोरीको विवाह यी फुर्तिला शैल–सरिताका छोरासंग गरिदिने वचन पनि दिन्छन् । तर बिहे भने हिउँदमा मात्र हुने निधो हुन्छ । विचरा सोझा पहाडी खोलाहरू रातदिन विवाहको जोरजाममा खटिन्छन् । विडम्बना, हिउँद आउँदा नआउँदै पानीको मूल सुक्न पुग्छ र ठूला घरसंग साइनो जोड्ने यिनको मनसुवा कहिले पनि पूरा हुँदैन ।
यस पर्वलाई विभिन्न किसिमले मनाए पनि यसको मुल सन्देश भनेको आपसी मित्रताको गाँठो बलियो पार्नु हो । आजका दिनमा गाउँ गाउँका युवायुवती जम्मा भएर पिङ खेल्ने, डेउडा खेल्ने, दिउसोभरी रमाईलो गर्ने र बेलुका बुढीहाल्ने गर्दछन् । आज बुढी हाल्ने र असोज १ गतेका दिन पोल्ने चलन रहेको सुदुरपश्चिम साहित्य समाजका अध्यक्ष डाक्टर टिएन जोशी बताउछन ।
विजय उत्सवका रूपमा मनाइने बुढी हाल्ने र पोल्ने यो पर्वमा बुढी अर्थात राक्षसी पुतनालाई पोल्ने बताउदै जोशीले परम्परागत किंबदन्ती अनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी ग्वाला गोठालाले पुतनाको शव दहन गरेको कथन रहेको बताए ।