कैलाली जिल्ला अदालतका कर्मचारी विरुद्ध अख्तियारमा उजुरी
2022/08/16, 3:31
 
ss

कैलाली अदालतका कर्मचारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। म्याद तामेलमा अनियमितता गरेको भन्दै जिल्ला अदालत कैलालीका कर्मचारीहरु विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको हो। भूमिराज हार्डवेयर धनगढीका प्रोपराइटर तारा चन्दले म्याद तामेलमा अनियमितता गरेको भन्दै जिल्ला अदालत कैलालीका तामेलदार झंकार नाथ, श्रेस्तेदार राइभान कुन्जेडा र फाँटवाला विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएका हुन्।

गत बर्ष माघमा दर्ता भएको चेक अनादर मुद्दामा आजसम्म प्रतिवादीको ठेगानामा म्याद तामेल नभएको र फाँटवालासँगको मिलोमतोमा तामेलदारले म्याद तामेलीमा अनियमितता गरेको भन्दै चन्दले सोमबार हुलाकमार्फत तामेलदार, फाँटवाला र श्रेस्तेदार विरुद्ध अख्तियारमा उजुरी दिएका हुन। फाँटवालाले तामेलदारलाई म्याद बुझाएको भरपाईमा अधुरो मिति २०७९-१ मात्रै लेखेको (गते नलेखेको) एवं मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १०४ मा तामेलदारले अदालतबाट म्याद बुझेको ७ दिन भित्र म्याद तामेल गरी सक्नुपर्ने र कुनै कारणले ७ दिन भित्र म्याद तामेल गर्न नसकिने भएमा तामेल्दारले कारण सहितको प्रतिवेदन अदालतमा पेश गर्नुपर्ने व्यवस्था छ ।

तर मेरो मुद्दामा तामेलदारले कयौं महिना सम्म म्याद तामेल नगरी ऐजन दफा १०४ को उल्लंघन गरेको छ’, चन्दले उजुरीमा उल्लेख गरेका छन्। यसबारे हुलाकबाट श्रेस्तेदारलाई निवेदन पठाइ गुनासो गरेको भएपनि गुनासो सुन्ने अधिकारीले तामेलदारलाई कुनै कारवाही नगरेको उनको गुनासो छ। उनीहरु सबै जना मिलेको भन्दै छानबिन गरी दोषीहरुलाई कारवाही गर्न चन्दले माग गरेका छ्न।

1

2

3

4

5