थली जिउँलोः जहाँ एकै दिन रोपाई र एकै दिन धान काट्न सुरु हुन्छ 
2020/06/24, 8:15
 
ropai

बझाङकोे छविसपाथिभेरा गाउँपालिका वडा नम्वर ६ थलि जिउलोमा यस बर्षको रोपाई भएको छ । जुन गाउँमा रोपाई गर्दा र धान काट्दा एउटा अचम्मको चलन छ । थली जिउलोमा एकै दिन रोपाई र एकैदिन धान काट्न सुरु गर्ने चलन पुस्तौदेखि चल्दै आएको छ ।

b

थलि जिउलोमा झण्डै एक सय परिवार पुजारा र अन्य जप्रेल, थापा, रोकाया, बुढा, चलाउने र सिंहको समेत बसोवास रहेको छ । तर पुजाराहरुले रोपाई सुरु नगरेसम्म कसैले पनि रोपाई सुरु नगर्ने चलन रहेको छ । जुन दिन पुजाराले रोपाई सुरु गर्छन, त्यही दिन अन्य जातीले पनि सुरु गर्ने र सोही नियम धान काट्ने बेला पनि लागु गर्ने चलन रहेको छ । 

b
रोपाई सकिएको दिन त थली जिउलोमा मेला नै लाग्ने गरेको छ । साविकको सैनपसेला र लेकगाउँका वासिन्दाबिच मैलडो (खेतमा मै हाल्दा प्रयोग हुने डोरी) तानातान हुने गरेको छ । थली जिउलोमा सिंह जातीका कसैको पनि कुनै सामान खसे पुजाराहरुले मात्रै उठाउन मिल्ने चलन पनि थियो । तर त्यो परिपाटी अहिले छैन ।

b

b

तस्वीरः मकरराज धामीको फेशवुकबाट