डोटीका तिन हस्ती गठबन्धनमा टिकट माग्न दौडधुप, बलायरले पाए आले के गर्लान ?
2022/08/17, 5:26
 
ss

सरकारले संघ र प्रदेशको निर्वाचनका लागी मंसिर ४ गते मिति तोकेसंगै बिभिन्न दलबाट उमेदवारहरु पार्टीमा आकान्छा राख्ने तथा उमेदवारी घोषणा गर्ने क्रममा छन् । बिषेशगरी अहिले सत्ता गठबन्धनका नेताहरुलाई सिट मिलाउन निकै सकस हुने देखिएको छ । र सत्ता गठबन्धनबाट कसले कहाँ टिकट पाउने भनेर चासोका रुपमा हेरिएको छ ।

निकै चासोका साथ हेरिएको एक जिल्ला हो डोटी । एक मात्र संघिय निर्वाचन क्षेत्र रहेको डोटीमा गठबन्धनकै हेबी वेट नेताहरु हुँदा उहाँहरुलाइनै मिलाउन सकस देखिएको छ । टिकटकै बारेमापनि डोटीमा निकै रोचक लडाई हुने देखिएको छ ।

पुर्व मन्त्री तथा नेपाली काग्रेंसका सुदूरपश्चिम प्रदेश सभापति बिर बहादूर बलायर, नेकपा एकिकृत समाजवादीका नेता तथा पुर्व संस्कृती, पर्यटन तथा नागरिक उड्यान मन्त्री प्रेम आले, नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको क्षेत्र एउटै छ । तिनै जनाले यसपाली केन्द्रमै इच्छा राखेका छन् । र आ आफ्ना नेताहरुलाई उनिहरुले टिकट आफैले पाउनुपर्ने भन्दै दवाव दिइरहेका छन् ।

स्थानिय तहको निर्वाचनमापनि काग्रेंसले सबैभन्दा बढी पालिका जितेका कारण काग्रेंसलेनै गठबन्धनको टिकट पाउनुपर्ने अडान राखेको छ । २०७४ सालमा बाम गठबन्धनबाट उमेदवार बनेका प्रेम आलेसंग बिर बहादूर बलायर प्रतिनिधी सभाको निर्वाचनमा पराजित भएका थिए । बलायरका अनुसार एउटा त्यही कारणपनि काग्रेंसले सहजै टिकट पाउने बताएका छन् । काग्रेंसको हाइट कहाँ कस्तो छ त्यो अनुसार टिकट पाइन्छ बलायरले भने “डोटीमा काग्रेंसको हाइट कस्तो छ सबै दलका नेता कार्यक्रतालाई थाहानै छ त्यस कारण यहाँ अरुको दावी रहँदैन ।”

यस्तै नेकपा एकिकृत समाजवादीका नेता तथा निवर्तमान मन्त्री प्रेम आलेलेपनि टिकट आफै पाउने दावी गरेका छन् । २०६४ को संविधानसभा निर्वाचनमा पराजित भएका उनै आले ०७० को चुनावमा विजयी भएका थिए । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बलायरलाई पराजित गर्दै उनी बिजयी भएका थिए ।

गठबन्धनमै रहेका उनले पनि डोटीमा आफ्नो विकल्प नभएको दाबी गरेका छन् । पार्टीका डोटी जिल्ला अध्यक्ष दीर्घ बोगटीले गठबन्धनबाट डोटीमा प्रेम आले मात्रै उमेदवार रहने बताए । अहीले दावी गर्नु सबैको स्वभाविक हो सबैले आ आफ्नो दावी गर्नुपर्छ बोगटीले भने “‘गठबन्धनमा बसेपछि त्यसले गरेको निर्णय सबैले मान्नुपर्छ ।”

यस्तै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य त्रिलोचन भट्टपनि डोटीबाट प्रतिनिधीसभा सदस्यको बलियो उमेदवार हुन् । अहिले पार्टी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको नजिक भएका कारणपनि उनि टिकट पाउने आकंलन गरिएको छ । उनि २०७४ सालमा डोटी ख बाट निर्वाचित भएका थिए ।

आगामी मंसिरमा हुने प्रतिनिधि सभा निर्वाचनमा उनले पनि केन्द्रमै चासो देखाएका छन्। माओवादी केन्द्रका अनुसार प्रदेश मुख्यमन्त्री भइसकेका भट्ट अब संघमा चुनाव लड्ने कसरतमा छन् ।