राणा र रानासँग प्रतिस्पर्धामा उत्रिए लक्ष्मण थारु 
2022/08/19, 12:28
 
dd

थारुवानको पहिचालका लागि संघर्ष गर्दै आएका नेता लक्ष्मण थारुले कैलाली क्षेत्र नम्बर–५ बाट चुनाव लड्ने घोषणा गरेका छन् । नागरिक उन्मुक्ति पार्टी धनगढीले  धनगढीमा आयोजना गरेको पार्टी प्रवेस कार्यक्रम तथा प्रशिक्षण कार्यक्रमका अवसरमा थारुले कैलाली–५ बाट चुनाव लड्ने घोषणा गरेका हुन् ।

थारु नागरिकको पहिचान र टिकापुर घटनाका अभियुक्त रेशम चौधरीको रिहाइका लागि आफुले कैलाली–५ बाट चुनाव लड्ने र सहजै जीत हुने बताए । आफ्नो उम्मेदवारी नौलो नभई स्वभाविक भएको उनको भनाई छ । ‘राज्यको सम्पति दोहन गरेर ठुला दलका नेता पैशा र शक्तिको आडमा चुनाव लड्न सक्छन्, ‘उनले भने, ‘तर मतदाता अव पैसामा विक्ने वाला छैनन्, यहाँका मतदाताको पहिलो रोजाई ढकिया हो ।’

कैलाली, बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही देखि झापा सम्म एक चरणमा नागरिक उन्मुक्ति पार्टीले आफ्नो प्रचार सम्पन्न गरेको बताउँदै उनले भने, ‘यस विचमा कैलालीका गाउँ, टोलमा हामी गएका छौं, कैलालीमा सवैले नागरिक उन्मुक्ति पार्टी पहिलो विकप्ल हो भन्ने बुझि सकेको देखियो, यसले पनि हाम्रो जीत सुनिश्चित छ ।’

लक्ष्मण गत २०७४ सालको निर्वाचनपनि लडेका थिए । सो निर्वाचनमा एमालेका नारदमुनी राना र काग्रेंसकी आरजु राणा देउवासंग उनि पराजित भएका थिए । जनता समाजवादी पार्टीबाट चुनाव लडेका लक्ष्मणले ६ हजार ७ सय ४७ मत ल्याएका थिए ।

कैलालीको थारु बाहुल्य क्षेत्रमा दल नागरिक उन्मुक्ति पार्टी बलियो देखिएको छ । उक्त दलले स्थानीय तहको चुनावमा कैलालीमा ४ पालिका जितेको छ । यसकारण उक्त पार्टी कैलालीका कतिपय क्षेत्रमा निर्णायक शक्ति बन्न सक्छ ।

चुनावमा आफ्नो प्रतिद्वन्द्वी उम्मेदवारलाई दृष्टिगत गरी आरजुले चुनावी क्षेत्र रोज्ने चर्चा पनि छ । उनी प्रत्यक्ष चुनाव नलडी समानुपातिकमा जाने सम्भावना नभएको होइन । तर, यसपटक उनी प्रत्यक्ष चुनाव नै लडेर अझ शक्तिशाली बन्ने रणनीतिमा देखिएकी छिन् ।