बैतडीमा भूमिहीनका लागि आवेदन खुला
2022/08/20, 2:22
 
बैतडीमा भूमिहीनका लागि आवेदन खुला

राष्ट्रिय भूमि आयोगले बैतडीका भूमिहीनका लागि आवेदन खुला गरेको छ। भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको हो । राष्ट्रिय भूमि आयोगले ३५ दिने सूचना प्रकाशन गर्दै आफ्नो वडामा तोकिएको ढाँचामा निवेदन दिन आग्रह गरेको छ। राष्ट्रिय भूमि आयोग जिल्ला समितिका जिल्ला अध्यक्ष धर्मसिंह ऐरका अनुसार बैतडीका छ पालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासीलाई आवेदन दिन भनिएको छ । 

मेलौली नगरपालिका, पाटन नगरपालिका, पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका, सिगास गाउँपालिका र सुर्नया गाउँपालिकामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई आवदेन दिन सूचना प्रकाशन गरिएको हो। पञ्चेश्वर गाउँपालिकाका लागि यसअघि नै सूचना प्रकाशन भइसकेको छ। डिलाशैनी गाउँपालिका, दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकासँग भने सम्झौता गर्न नै बाँकी रहेको ऐरको भनाइ छ । 
नभएकालाई जमिनको व्यवस्थापन गर्ने उद्देश्यले लगत सङ्कलनमार्फत आवदेन सङ्कलन गरिनेछ । ‘राष्ट्रिय भूमि आयोगले सूचना प्रकाशन गरेपछि हामीले पनि पालिकालाई पत्र पठाइसकेका छौं। यकीन तथ्यांक सङ्कलन गरेर समस्यामा परेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि पहल गर्छौं,’ उनले भने। 
आयोगले देशका विभिन्न पालिकामा रहेको भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीका लागि सूचना प्रकाशन गरेको जनाइएको छ। योसँगै बैतडीका छ सहित सुदूरपश्चिमका सात पहाडी जिल्लाका ३८ स्थानीय तहका लागि आवेदन खुला गरिएको हो।