बैतडी कारागारमा क्षमता भन्दा बढी कैदीबन्दी, २५ जना क्षमता भएकोमा ९३ कैदी
2022/08/20, 2:57
 
ss

जिल्ला कारागार बैतडीमा क्षमता भन्दा झण्डै चारगुणा कैदीबन्दीलाई कारागारमा राख्दै आएको छ । २०४० सालमा निर्माण भएको कारागार भवन २५ जनाको क्षमताको छ तर अहिले ९३ जना कैदीबन्दी राखिएका छन् । क्षमता भन्दा बढी कैदी बन्दी हुँदा बसोबासका लागि पनि निकै समस्या भएको जिल्ला कारागार बैतडीका जेलर धारा भण्डारीले बताइन ।

कैदीबन्दीहरुलाई बसोबासको समस्या भएपछि कारागार परिसरमा दुईओटा टेन्ट राखेर बसोबासको व्यवस्था मिलाएको भण्डारीले बताइन् । उनले भनिन् ‘कैदी बन्दीहरुलाई बसोबासकै समस्या रहेको छ । बन्दीहरुलाई बसोबासकै समस्या छ क्षमता भन्दा बढी कैदी बन्दी हुँदा हामीलाई व्यवस्थापनमा निकै समस्या भएको जानकारी दिईन ।

२०४० सालमा निर्माण भएको कारागारपुरानो भवन पनि जीर्ण भईसकेकाले महिला कैदी बन्दीहरुलाई बसोबासका लागि जिल्ला कारागारमा डडेल्धुरा पठाउनुपर्ने बाध्यता रही आएको छ । त्यसमा क्षमता भन्दा बढी कैदीबन्दी राख्नुपर्दा झन् समस्या भएको बताइएको छ ।

पहिला नै बसोबासको समस्या झेलीरहेका कैदीबन्दीहरुमा कोरोना पुष्टि भएपछि अहिले झन् कारागारमा रहेका १६ जना कैदीबन्दीमा कोरोना संक्रमण भएपछि समस्या भएको छ । १६ जना कैदीबन्दीमा कोरोना संक्रमण भएपछि अहिले बसोबासको व्यवस्थापनमा झन् समस्या भएको छ । संक्रमितहरुलाई एक कोठामा राखिएको र उनीहरुका लागि अलगै शौचालयको व्यवस्था मिलाइएको भण्डारीले बताइन् ।