
धनगढी- कैलालीमा दुई नाबालिगलाई बलात्कार गरेकाे आरोपमा ६२ वर्षीय पुरुष पक्राउ परेका छन्। ७ र ९ वर्षीय नाबालिग बलात्कार गरेकाे आरोपमा जिल्लाकाे लम्कीचुहा नगरपालिका-८ का ६२ वर्षीय गणेशसिंह ठकुरी पक्राउ परेकाे इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

साउन २ गते दिउँसाे २ बजे ती नाबालिगलाई ठकुरीले बलात्कार गरेकाे भन्दै अभिभावकले जाहेरी दिएपछि ठकुरी पक्राउ परेका हुन्। नाबालिगका अभिभावकले भाद्र ५ गते ठकुरीविरुद्ध जाहेरी दिएकाे प्रहरीले जनाएको छ। ठकुरीमाथि अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27