
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले कैलाली क्षेत्र नम्बर १ बाट संघीय चुनाव लड्ने घोषणा गरेकी छन्। एक कार्यक्रममा उनले पार्टीबाट आफ्नो उम्मेदवारी कैलाली क्षेत्र नम्बर १ बाट रहने बताएकी हुन्।

गत २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट उनका श्रीमानसमेत रहेका रेशम चौधरी प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए। तर, टीकापुर घटनामा दोषी रहेको भन्दै उनी अहिले कैद भुक्तान गरिरहेका छन्।
रेशमले चुनाव लडन् सम्भव नभएपछि रञ्जिताले हालै पार्टी खोलेर स्थानीय चुनावमा पनि भाग लिएकी थिइन्। अहिले आफैं उम्मेदवार बनेर उनी सांसद बन्ने तयारीमा छिन्।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44