धनगढी- सशस्त्र प्रहरीले कैलालीमा १९ क्यु फिट काठ बरामद बरामद गरेको छ । शसस्त्र प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ९ बंगराकटानबाट काठ बरामद गरेको हो ।
बजार मूल्य अनुसार ८५ हजार बराबरको लगभग सात फिट लामो ३४ कडी सालको काठ सीमा इलाका रामघाटबाट नियमित पैदल गस्तीका क्रममा गस्ती टोलीले फेला पारी सब डिभिजन वन कार्यालय धनगढीको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, नेपाल बिओपी नम्बर ३४ गण हेडक्वाटर कैलालीका सशस्त्र प्रहरी नायव निरीक्षक राधेश्याम रानाले बताए । नजिकै भारतीय जङ्गल भएकोले सो काठ भारतबाट नेपाल भित्र्याउन लागिएको हुन सक्ने रानाको आशङ्का रहेको छ ।
यस्तै, कैलालीका फरेस्ट अफिसरु रमेश बोगटीका अनुसार अब बरामद गरिएको काठ सब डिभिजनमा लगेर नाप तौल गरिने र वन कार्यालयले अनुसन्धानका लागी अधिकृत तोकी सो काठ कहाँबाट कुन प्रयोजनका लागि आएको भन्ने बारेमा सत्यतथ्य छानबिन हुने र वन कार्यालयले लिलामी शाखामा पठाइने छ ।