
धनगढी- सुदूरपश्चिम प्रदेश सवारी तथा यातायात सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि अर्थ विकास तथा प्राकृतिक समितिमा पठाइएको छ । बिहीबार बसेको प्रदेश सभा बैठकबाट विधेयकलाई सर्वसम्मतले समितिमा पठाइएको हो ।

भौतिक पूर्वाधार विकास राज्यमन्त्री कुलवीर चौधरीको सो विधेयकलाई सम्बन्धित समितिमा पठाइयोस भन्ने प्रस्ताव पेश गरेका थिए ।
सुदूरपश्चिम प्रदेशको निजामती सेवा गठन, सञ्चालन र सेवा शर्तका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल पश्चात तयार भएको प्रतिवेदन प्रदेश सभामा प्रस्तुत गरिएको छ ।
विधायन तथा प्रदेश मामिला समितिका सभापति नेपालु चौधरीले सभामा प्रतिवेदन प्रस्तुत गरे । विधायन तथा प्रदेश मामिला समितिमा सो विधेयकमाथि दफावार छलफल गरिएको थियो । प्रदेश सभाको अर्को बैठक शुक्रबार बोलाइएको छ ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44