धनगढी- धनगढीमा हुने रक्तदान कार्यक्रमको तयारी पुरा भएको छ । भाद्र ११ गते शनिबार बैतडी समाज कैलालीको आयोजनामा हुने रक्तदान कार्यक्रमको तयारी पुरा भएको कार्यक्रम संयोजक राजबहादुर चन्दले जानकारी दिए । रक्तदान जिवनदान भन्ने मुल नाराका साथ आठौं रक्तदान कार्यक्रम बैतडी समाजको सचिबालय, पद्मा नर्सिङ कलेजको प्राङगणमा विहान ९ बजे देखि हुदैछ ।
कार्यक्रम संयोजक चन्दका अनुसार उक्त कार्यक्रममा निशुल्क स्वास्थ्य शिविर, निशुल्क आँखा शिविर, निशुल्क दँन्त शिविर समेत संचालन गरिने छ । कार्यक्रममा धनगढी नेत्रालयले निशुल्क आँखा चेक जाँच तथा निशुल्क औषधि र नजिकको नजर चस्मा बितरणको साथै मोतिबिन्दु र अन्य शल्यक्रिया गर्नु पर्ने आँखाका बिमारिको धनगढी नेत्रालयमा प्रबिधिबाट निशुल्क शल्यक्रिया गरि उपचार गरिने छ ।
त्यस्तै समृद्धि डेन्टलद्दारा निशुल्क दन्त परिक्षण र आवश्यक परामर्श दिईने छ भने उपचारमा १५ प्रतिशत छुट दिईने जनाएको छ ।
कार्यक्रममा सारथी अस्पताल द्दारा निशुल्क स्वास्थ्य शिविर संचालन गरिने छ । जसमा शुगर, प्रेशर र दमको जाँच गरी विरामीलाई एक महिनाको औषधी निशुल्क दिईने जनाएको छ ।
बैतडी समाज कैलालीले आफ्नो स्थापना कालदेखि नै विभिन्न सामाजिक परोपकारका कार्य गर्दै आएको छ ।