धनगढी उप–महानगरपालिका वडा नं १० को वडा कार्यलयमा तालाबन्दी
2022/08/26, 2:04
 
talabandi

धनगढी उप–महानगरपालिका वडा नं १० को वडा कार्यलयमा तालाबन्दी गरिएको छ । वडा कार्यलयले ज्यालादारी कर्मचारीलाई बिना कारण निकालेको भन्दै स्थानीय बासीले ताला बन्दी गरेका हुन् । उक्त वडामा ज्यालादारी कर्मचारीको रुपमा रहेकी  ममता चौधरीलाई कामबाट हटाएर अरु कर्मचारी राखेको भन्दै स्थानिय जनता ३६ जनाको हस्ताक्षर सहित बिरोधसंगै तालाबन्दी गरेका छन् ।

1

२०७९/३/२७ गतेको नगर सभाको बैठकको निर्णय अनुसार वडा कार्यालय खोल्न बन्द गर्न कठिनाई भए  बिज्ञापन नहुन्जेलसम्म बिगत वर्षदेखि काम गर्दै आइरहेका कर्मचारीलाई निरन्तरता दिन धनगढी उप-महानगरपालिका नगर कार्यपालिकाको कार्यालयले अनुरोध गरेतापनि  धनगढी उप-महानगरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले त्यस निर्णयलाई नमानी बिगत ५ वर्षदेखि काम गर्दै आइरहेकि ममता चौधरीलाई काम गर्न नदिएकोले ,ममता चौधरीलाई काममा निरन्तरता नदिएसम्म धनगढी उप-महानगरपालिका वडा नं १० बन्द रहने भनेर बन्दकर्ताले जनाएका छन ।

2

धनगढी उप–महानरपालिका वडा नं १० का वडा अध्यक्ष शिव कुमार रानाले नगरसभाको निर्णय बहेक आफुले कुनै थप निर्णय नगरेको प्रतक्रिया दिएका छन् । वडा कार्यलयमा तालाबन्दी भएसंगै वडाको दैनिक कामकाजमा प्रभाबित भएको छ ।