
बैतडी- बैतडीमा बुवाको हत्या गरेको आरोप लागेका छोरा कारागार चलान भएका छन्। जिल्लाकोे डिलाशैनी गाउँपालिका ५ सेराका २२ वर्षीय लोकराज जोशीलाई पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले बताए।

लोकराजले आफ्ना ६८ बर्षीय बुवा अन्तराम जोशीलाई गएको साउन १३ गते बञ्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ। उनलाई सोही दिन प्रहरीले पक्राउ गरेको थियो। घटनाको अनुसन्धान सकेर जोशीलाई अदालतमा पेस गरेपछि उनलाई कारागार पठाइएको हो।
