नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर –५ ले टोल–टोलमा नेपाली कांग्रेस अभियान सुरु गरेको छ । शनिबार धनगढी उप महानगरपालिका वडा नम्बर १५ बाट सो अभियानको शुभारम्भ भएको हो । धनगढी उप महानगरपालिका वडा नम्बर १५ का वडा सभापति हरि नारायण रानाको सभापतित्वमा भएको कार्यक्रमको सुभारम्भ प्रमुख अतिथि समेत रहेकी काग्रेंस केन्द्रिय सदस्य जिवन रानाले गरेकी थिइन । कार्यक्रममा कैलाली क्षेत्र नम्बर ५ का सभापति भिम पडाल लगायत नेता कार्यक्रताहरुको सहभागिता थियो ।
कार्यक्रममा बोल्दै नेपाली काग्रेंसकी केन्द्रिय सदस्य जिवन रानाले टोल टोलमा पुगेर काग्रेंसलाई आगामी निर्वाचनमा बलियो शक्तीका रुपमा स्थापित गराउन सबै कार्यक्रताहरुलाई निर्देशन दिइन् । लोकतन्त्रको रक्षा र देश बिकासका लागी काग्रेंसले जित्नुपर्नेमा रानाले जोड दिइन् ।
क्षेत्रिय कार्य समिति अन्तरगत रहेका २१ वडाका हरेक टोलमा कांग्रेसले “टोल–टोलमा कांग्रेस” अभियान चल्ने नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ५का क्षेत्रिय सभापति भिम पडाललेजानकारी दिए । नेपाली कांग्रेसले आगामी निर्वाचनलाई लक्षित गरी देश ब्यापी संचालन गर्न लागेको ‘जनताको साथमा कांग्रेस’ अभियान अन्तरगत क्षेत्रिय समितिले सो अभियान थालनी गरेको पडालले बताए ।
शनिबारबाट सुरु भएको अभियान १५ दिन सम्म चल्ने बताईएको छ । सो अभियान संचालन गर्न क्षेत्रिय समितिले क्षेत्रका २१ ओटा वडामा प्रतिनिधि समेत खटाएको सभापति पडालले बताए । अभियानका क्रममा नेपालीे कांग्रेसले गरेको बिकास, निति तथा सिद्धान्त र आगामी मंसिर ४ गते हुने निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवारलाई बिजय गराउने रणनिती लिने सभापति पडालले बताए ।