अछामको तुर्माखाँद गाउँपालिकामा अध्यक्षविरुद्ध १२ कार्यपालिका सदस्य आन्दोलित
2022/08/31, 6:01
 
dd

अछाम- अछामको तुर्माखाँद गाउँपालिकामा जनप्रतिनिधिहरू नै आन्दोलित भएका छन् । गाउँपालिकाका अध्यक्ष डम्बर बिसीले एक्लौटी निर्णय गरेको भन्दै ८ मध्ये ६ वडाका वडाध्यक्ष र ६ जना कार्यपालिका सदस्यसहित १२ जना कार्यपालिका सदस्य आन्दोलित भएका हुन् ।

एमालेबाट निर्वाचित गाउँपालिका अध्यक्ष बिसीका निर्णयविरुद्ध नेपाली कांग्रेस र नेकपा ९माओवादी केन्द्र० बाट निर्वाचित वडाध्यक्ष र कार्यपालिका सदस्यहरू आन्दोलित भएका हुन् ।भदौ ८ गते १२ जना कार्यपालिका सदस्यले विभिन्न चार बुँदे माग राखेर गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरूले कार्यापालिकामा सल्लाह नै नगरी प्रमुख प्रशासकीय अधिकृत ल्याएको, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत आफूखुसी योजना सिफारिस गरेको, कर्णाली जल परियोजनाको कार्यक्रममा आफूहरूलाई जानकारी नै नदिई कर्मचारी छनोट गरेको र कार्यपालिकामा छलफल नै नगरी गाउँपालिकाले भाडामा प्रयोग गरिरहेका घरहरूको म्याद थप नगर्नेसम्बन्धी सूचना निकालेको आरोप लगाएका छन् ।

सोही दिन गाउँपालिकाले घरभाडा सम्झौता नवीकरण नहुने सूचना निकालेको थियो ।त्यसविरुद्ध उनीहरूले गत सोमबारदेखि गाउँपालिकाको कार्यालयमा धर्ना दिइरहेका छन् ।  भोलि ९बिहीबार०गाउँपालिकाका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा तालबान्दी गर्ने घोषणा गरेका छन् । त्यसपछि पनि आफूहरूका माग सुनुवाइ नभए शुक्रबार ९भदौ १७ गते०गाउँपालिकाका सबै कार्यालय र शाखामा तालाबन्दी गर्ने उनीहरूको पूर्वनिर्धारित कार्यक्रम छ ।

गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत अहिले बिदामा छन् । आन्दोलित पक्षले आफूहरूका मागबारे संवेदनशील नभएर अध्यक्ष भागेकोु आरोप लगाएका छन् । अध्यक्ष बिसी अहिले सुर्खेतमा छन् ।  तर, गाउँपालिका अध्यक्ष बिसीले भने आफू सल्लाह नै गरेर बिदामा बसेको बताएका छन् । साथै उनले छलफल र वार्ताबाटै समस्या समाधान गर्न आफू तयार रहको पनि बताएका छन् । आफूले राजनीतिक रूपमा कसैप्रति पूर्वाग्रह नराखेको उनको दाबी छ ।

उनले आफ्नो कुनै व्यक्तिगत स्वार्थ नरहेको र कसैको व्यक्तिगत स्वार्थ पनि राख्न नदिने बताएका छन् ।उनले विवादबारे आफूले पत्रकार सम्मेलन गरेर सबै जानकारी दिने बताएका छन् ।