
धनगढी- सुदूरपश्चिम प्रदेशसभाको बैठकले प्रदेश प्रहरी सेवाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

प्रदेशसभाको बैठकमा आन्तरिक मामिला तथा कानूनमन्त्री डा रणबहादुर रावलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए । यसअघि उक्त विधेयकमाथि भएको छलफलमा बलबहादुर सोडारी, देवकी मल्ल र महेशदत्त जोशीले भाग लिएका थिए ।
विधेयक पारित भएसँगै प्रदेशमा शान्ति सुव्यवस्था तथा अमनचैन कायम गरी नागरिक सुरक्षा, मानवअधिकार संरक्षण, अपराध अनुसन्धान रोकथाम नियन्त्रणलगायतका कामलाई प्रभावकारीरूपले सञ्चालन गर्न सहज हुने भएको छ ।

बैठकमा अर्थ विकास तथा प्राकृति स्रोत समितिका सभापति हर्कबहादुर कुँवरले समितिमा छलफल भई तयार पारिएको सुदूरपश्चिम प्रदेश सवारी तथा यातायातसम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको प्रतिवेदन पेस गरेका थिए
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27