
धनगढी- सशस्त्र प्रहरीले भारतबाट भन्सार छली ल्याएको २ लाख बराबरको अवैध सामान आज बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटर कैलाली मातहत बिओपि तथा फवार्ड वेसबाट खटिएको गस्ति टोलीले धनगढी उपमहानगरपालिका–२ दुई घाट सिमानाकाबाट भारतबाट अवैध रुपमा भन्सार छलि २ लाख १ हजार बराबरको सामग्री बरामद गरेको ३४ गण हेडक्वाटर प्रमुख सशस्त्र प्रहरी उपरीक्षक धनबहादुर सिंहले बताए ।

दुई घाट सिमानाकाबाट नेपाल भिर्याउदै गरेका कपडा, हार्डवेयरका सामान बरामद गरी आवश्यक बारवाहीका लागी कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको ३४ गण हेडक्वाटर प्रमुख सिंहले बताए ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/05, 4:03
2022/01/19, 4:36
2023/03/01, 10:23
2020/09/26, 4:27