कैलाली-५ बाट प्रतिनिधिसभा सदस्यमा आरजु सर्वसम्मत सिफारिस
2022/09/02, 11:25
 
ss

धनगढी- नेपाली कांग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को क्षेत्रिय समितिले प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा आरजु राणा देउवाको नाम सर्वसम्मत सिफारिस गरेको छ । बिहीबार बसेको बैठकले अगामी मंसिर ४ गते हुने निर्वाचनका लागि राणाको नाम सर्वसम्मत रूपमा जिल्ला कमिटिमा सिफारिस गरेको हो ।

कांग्रेस कैलालीका सचिव नृपबहादुर सुनारले प्रतिनिधि सभाको क्षेत्रिय समितिबाट राणाको मात्र नाम सिफारिस भएर आएको बताउदै जिल्ला समितिले प्रदेशमा सिफारिस गर्ने जानकारी दिए । उनका अनुसार शनिबार बस्ने जिल्ला समितिको बैठकले राणाको नाम प्रदेशलाई सिफारिस गर्नेछ ।

कांग्रेस महासमिति सदस्य क्षितिज भण्डारीले पनि प्रतिनिधिसभा सदस्यको उम्मेदवारका लागि क्षेत्रिय समितिमा निवेदन पेश गरेका थिए तर क्षेत्रिय समितिले आरजुको नाम मात्र सिफारिस गरेको हो । भण्डारीले कैलाली-४ मा समेत उम्मेदवारीका लागि निवेदन दिएका छन् ।