डोटीमा पढाई जात्रा
2022/09/05, 12:04
 
khabarkunj

डोटीको आदर्श गाउपालिकामा ५ लामिखालमा पढाइ जात्रा सप्पन्न भएको छ।  वर्ल्ड भिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोग तथा  सामुदायिक विकास केन्द्र डोटीको संयूक्त आयोजनामा संचालित समाबेशि तथा गुस्तरीय शिक्षा कार्यक्रम अन्तर्गत उक्त पढाइ जात्रा सम्पन्न भएको हो । 


आइतबार गाउँ लामिखालमा रहेको मष्टामाण्डौ माध्यमिक बिद्यालयमा अध्ययनरत कक्षा १ देखि ५ कक्षा सम्मका विद्यार्थीहरुको पढाइ जात्रामा सहभागीता रहेको शिक्षक खगेन्द्र रोकायले जानकारी दिए,बिद्यालयमा यस्ता कार्यक्रमले विद्यार्थीहरुको हौसला संगै पढ्ने बानिको विकासमा सहयोग पुग्ने  शिक्षक रोकायले बताए ।  

 

पढाइ बानिको विकास एवं  पढाई संस्कृती निर्माणका लागि पढाई जात्रामा सहयोग पुग्ने सामुदायिक बिकास केन्द्र समाबेसी तथा गुणस्तरीय शिक्षा कार्यक्रमका संयोजक दिनेश बमले बताए ।  उनले भने , पढाइ जात्राले विद्यार्थीमा बोल्ने शब्दको बिकास भएको छ। अतिरिक्त क्रियाकलापमा सहभागीता हुँदा आत्मबलको समेत बिकास हुने गर्दछ। बालबालिकाको पढाइ प्रति थप अविभावक लाई जिम्मेवार बनाएर पढाइका महत्वका बारेमा जानकारी गराउन सहयोग पुगेको छ।  

पढाई जात्रा मामष्टामाण्डौ माध्यमिक बिद्यालय लामिखालका कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुलाई आन्तरिक पढाई प्रतिस्पर्धा गरेर  प्रथम, द्तििय र तृतीय हुनेलाई पुरुस्कार स्वरुप शैक्षिकसामग्री वितरण गरेको फिल्ड अधिकृत मुरारीनाथ जोशिले जानकारी दिनुभयो ।