कैलालीबाट आगामी निर्वाचनमा सहभागी हुने पत्रकारहरूको स्वतः महासंघको सदस्यता खारेज हुने
2022/09/08, 1:19
 
DD

धनगढी- कैलालीमा आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा सहभागी हुने पत्रकारहरूको स्वतः पत्रकार महासंघको सदस्यता खारेज हुने भएको छ । निर्वाचनका लागि  दलहरूबाट उम्मेदवार सिफारिस हुने र उम्मेदवार बन्ने पत्रकारहरूको स्वतः पत्रकार महासंघको सदस्य खारेज हुने भएको हो ।

स्थानीय तह निर्वाचनमा उम्मेदवार भएका पत्रकारको महासंघको साधारण सदस्यता संवत् खारेज हुने महासंघको निर्णय गरे अनुरूप नै कैलालीको हकमा आगामी मङ्सिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनमा समेत महासंघको सदस्यता स्वतः खारेज हुने पत्रकार महासंघ कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले बताए । 

जोशीका अनुसार कैलाली जिल्लाबाट संघ र प्रदेशको निर्वाचनमा जुनसुकै राजनीतिक पार्टीबाट उम्मेदवार सिफारिस भए वा उम्मेदवार बन्ने पत्रकारहरूले आफैले पत्रकार महासंघको सदस्यता त्यागेको घोषणा गरे राम्रो हुने यद्धपी त्यसो नगरेको खण्डमा पनि उम्मेदवार सिफारिस हुने बित्तिकै सदस्यता स्वतः खारेज हुनेछ ।