अत्तरियाको सडकपेटीका अवैध संचरना हटाउने प्रक्रिया सुरु 
2022/09/08, 5:55
 
ss

अत्तरिया- कैलालीको गोदावरी नगरपालिकाले अत्तरिया बजारको सडकपेटीमा बनेका अवैध संरचना हटाउने प्रक्रिया थालेको छ। सडकपेटी ओगटेर बनाइएका संरचना हटाउन आज नापजाँचको काम भइरहेको नगरपालिकाले जनाएको छ।

सडकको बीच भागदेखि दुवैतर्फ २५र२५ मिटरभित्र रहेका संरचनाहरु हटाउने भन्दै नगरपालिकाले नाप्ने कार्य गरेको हो। नगरपालिकाले सडकपेटीमा बनेका संरचना हटाउन भन्दै एक हप्ता अगाडि सूचना जारी गरेको थियो। उक्त सूचनाको अवधि सकिएपछि आज नापजाँच गर्ने र भोलिदेखि संरचना हटाउने नगरपालिकाले जनाएको छ। 

सुदूरपश्चिम प्रदेशको ट्रान्जिट प्वाइन्ट मानिने अत्तरियाको सडकमा राखिएका ठेला, छाप्रा र सडकपेटीमा बनेका अवैध संरचनाहरुका कारण बजार क्षेत्रमा दुर्घटनाको जोखिम बढेको छ भने बजार कुरुप समेत बनेको छ।