डोटीबाट मुख्यमन्त्री भट्ट प्रतिनिधिसभाका लागी उम्मेदवार सिफारिस
2022/09/09, 3:13
 
Trilochan-bhatta

धनगढी – सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट डोटीबाट प्रतिनिधिसभाका लागी उम्मेदवार सिफारिस भएका छन् । नेकपा माओवादी केन्द्रले भट्टलाई प्रतिनिधिसभाका लागी सिफारिस गरेको हो । बुधवार बसेको पार्टी जिल्ला समन्वय समिति डोटीले उनलाई सिफारिस गरेको हो।

उनलाई सर्वसम्मत सिफारिस गरिएको माओवादी केन्द्र डोटीका पार्टी संयोजक कमलबहादुर गड्सिलाले बताए । पार्टीले प्रतिनिधिसभा समानुपातिकतर्फ ५ जना सिफारिस गरेको छ । खस आर्यबाट त्रिलोचन भट्ट, जनजातिबाट डम्बर घर्तिमगर, दलितबाट जङ्ग विक, जगत सोव र महिलाबाट अन्जिता श्रेष्ठलाई सिफारिस गरेको छ ।

त्यस्तै, प्रदेशसभा क र ख दुवै क्षेत्रका लागि प्रत्यक्षतर्फ ३÷३ जना सिफारिस भएका छन् । प्रदेश सभा क का लागि भरत बोहरा योगेन्द्र, रमेश नागरी र बलबहादुर ओली सिफारीस भएका छन् भने ख का लागि शिव सिंह ओली, मीनबहादुर घर्ती विश्व र प्रेम कुवर प्रख्यात सिफारिस भएका छन् ।

समानुपातिकमा प्रदेश सभा क तर्फ गीता सोव नेपाली, पूर्णराज जोशी र कृष्ण विकलाई सिफारिस गरिएको छ । प्रदेशसभा ख तर्फ सिद्धराज विक विश्वप्रकाश, प्रेमा ओली, नन्दलाल विक, दिलीप कठायत, लक्ष्मणलाल योगी, चन्द्रा भूल, कर्ण नेपाली, शान्ति चुनारा र शारदा विक सिफारिस भएका छन् ।