आरटिडी नेगेटिभ आएपछि घर पठाईएका २६ बर्षिया युवकको मृत्यु, पिसिआर परिक्षण बिना नै अन्त्यष्टी
2020/06/25, 7:47

डडेल्धुरामा भारतबाट फर्केर क्वारेन्टिनमा बसेर घर फर्किएका युवको मृत्यु भएको छ । आरटिडी नेगेटिभ आएर घर गएका डडेल्धुराको अजयमेरु गाउँपालिका ५ का २६ बर्षीय पुरुषको मृत्यु भएको हो । जेठ ९ गते भारतबाट आएका २६ बर्षीय पुरुषको घरमा मृत्यु भएको अजयमेरु स्वास्थ्य शाखाका प्रमुख हिक्मत खडायतले पुष्टि गर्दै जानकारी दिए ।

गाउँपालिको वडा नम्बर ५ गाल नजिकैको क्वारेन्टिनमा १४ दिन बसेपछि उनीसंगै आएका १९ जनाको आरडिटी गरिएको थियो । आरडिटी रिर्पोट नगेटिभ आएपछि उनलाई घर पठाएको केही दिनपछि मुत्यु भएको स्वास्थ्य शाखाका प्रमुख खडायतले बताए ।
कोरोनाको कुनै लक्षण नदेखिकोले परिक्षण नगरिएको उनले बताए । मृतक युवकको स्थानीयले परम्परागत रुपमा दहासंस्कार गरिसकेका छन् । अजयमेरु गाउँपालिका ५ मा कुनै पनि अहिलेसम्म कोराना संक्रमण देखिएको छैन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 8:36
2020/12/20, 6:48
2021/06/03, 5:22
2022/01/17, 11:43
2023/01/03, 4:09