अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक शब्द प्रयोग गर्न आग्रह
2022/09/13, 9:33
 
ss

धनगढी- अपाङ्गता भएका व्यक्तिलाई सम्मानजनक शब्द प्रयोग गर्न आग्रह गरिएको छ । सुदूरपश्चिम प्रदेशमा मनोसामाजिक अपाङ्गताको मूल प्रवाहीकरण परियोजना अन्तरगत सञ्चार माध्यममा मनोसामाजिक अपाङ्गताको सवाललाई मूल प्रवाहीकरण सम्बन्धी पत्रकारहरूसँग कार्यशाला कार्यक्रममा यस्तो आग्रह गरिएको हो । 

अपाङ्गता भएका व्यक्तिहरूका बारेमा समाचार सम्प्रेषण गर्दा तथा अन्य कुनै पनि क्षेत्रमा बोलाउँदा होस या सम्बोधन गर्दा जोसुकै व्यक्तिले पनि अपमान जनक शब्द नभई निम्न सम्मान जनक शब्द मात्र प्रयोग गर्न  राष्ट्रिय अपाङ्गता महासङ्घ सुदूरपश्चिमका अध्यक्ष मान बहादुर साउँदले आग्रह गरे ।

No description available.

यस्तै उनले विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा समाजका धेरै जसो व्यक्तिहरूले अझै पनि अपाङ्गताका भएका व्यक्ति र फरक क्षमता भएका व्यक्ति बिचको भिन्नता थाहा नपाएको भन्दै  दुख समेत व्यक्त गरे । सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लामा ६७ हजार आठ सय ३२ अपाङ्गता भएका व्यक्ति रहेको विवरण प्रस्तुत गरिएको थियो । 

No description available.

कोशिश(राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्बन सङ्गठन)को आयोजना, नेपाल पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेशको समन्वय र फेल्म नेपालको सहयोगमा आयोजित उक्त कार्यक्रममा २०७८ को जनगणनाको विस्तृत विवरण आईनसकेकोले २०६८ को जनगणनाको तथ्याङ्कलाई आधार मानी मनोसामाजिक अपाङ्गताको सवाल रही विभिन्न समस्या र चुनौतीहरूका बारेमा छलफल गरिएको थियो । 

उक्त कार्यक्रममा पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश अध्यक्ष योगेश रावल, पत्रकार महासङ्घ सुदूरपश्चिम प्रदेश सचिव एवम् वानका केन्द्रीय कोषाध्यक्ष हरि जोशी, अपाङ्ग महासङ्घका सुदूरपश्चिम प्रदेश अध्यक्ष मान ब. साउँद, अधिवक्ता जुहारीलाल चौधरी, कोशीश धनगढी उप-महानगरपालिकाका परियोजना अधिकृत खडक राम ओड तथा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाको प्रतिनिधित्व गर्ने पत्रकारहरूको सहभागिता रहेको थियो ।