धनगढी -सुदूरपश्चिमको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी डाक्टर निरज अर्याललाई दिइएको छ ।
मन्त्रालयका प्रवक्ता गणेशबहादुर सिंहले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सहमतीका आधारमा सचिव स्तरीय निर्णयबाट अर्याललाई आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी दिइएको जानकारी दिए ।
अर्याल सेती प्रादेशिक अस्पतालको कन्सल्टेन्ट रेडियोलोजिष्टका रुपमा समेत कार्यरत छन् । मन्त्रालयले यसअघि पनि २०७७ असोजमा अर्याललाई निमित्त प्रमुखमा रुपमा पठाएको थियो तर सेवा समूह नमिलेको भन्दै मुद्दा परेपछि उनी जिम्मेवारी मुक्त भएका थिए ।
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2024/11/26, 6:20
2024/11/26, 5:04
2024/11/26, 4:43
2024/11/26, 4:40
2024/11/26, 4:30
2020/10/13, 8:44
2022/02/21, 3:26
2023/03/13, 12:07