
धनगढी- शुक्रबार रातिदेखिको अविरल वर्षाका कारण कञ्चनपुरमा करीब तीन सय घर डुबानमा परेका छन् । विभिन्न नदीमा आएको बाढी बस्तीमा पस्दा तीन सय घर डुबानमा परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० चक्रबहादुर शाहले वनहरा नदीको बाढी बस्तीमा पसेपछि शुक्लाफाँटा नगरपालिका–११ को वनहरा शिविरका ३० घर र वडा नम्बर १२ का ४ घर डुबानमा परेको जानकारी दिए ।
उनका अनुसार मछेली नदीको बाढीले कृष्णपुर नगरपालिका–४ को बेलकुन्टीमा ८० घर, मोहना नदीको बाढीले कृष्णपुर नगरपालिका–५ को पवित्रा बस्तीका ७० घर डुबानमा परेका छन् ।

दोदा नदीको बाढीले लालझाडी गाउँपालिका–३ मा १०० घर डुबानमा परेको प्रहरीको भनाई छ । बाढीमा बस्ती पसेर घर डुबानमा परेपछि प्रभावितहरुलाई अहिले विद्यालय भवनमा राखिएको प्रहरीले जनाएको छ ।
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/27, 9:36
2022/02/27, 11:47
2023/03/22, 1:07
2020/05/13, 8:43
2020/09/10, 3:29