कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा 
2022/09/17, 10:12
 
ss

धनगढी- कैलालीको पूर्वी क्षेत्रका ५ सय बढी घर डुवानमा डुवानमा परेका छन्।बिहीबार रातीदेखि परेको अविरल वर्षाका कारण पूर्वी क्षेत्रका ५ सयभन्दा बढी घर डुवानमा परेका हुन्। 

जिल्लाको भजनी नगरपालिका- ८ स्थित पथरैया नदीको पानीको सतह बढेर सोनाफाटा टोल, दैलेखी टोल, भरतान टोल, जनकपुर टोल र छछरहवा टोलका १६० घर डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। 

यस्तै सोही नगरपालिका वडा नम्बर–५ स्थित कान्द्रा नदीको बाढीले मिलनपुर टोल, लालबोझी र पुलियापुर टोलका २५० डुवानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए। 

यस्तै कुटी गाउँ, वडा नम्बर ७ शिविर टोल, गणेशमान टोल र दक्षिणपूर्वी टोलका २५० घर डुवानमा परेको बताइएको छ। डुवानमा मानविय क्षति भने नभएको प्रहरीले बताएको छ। नदीको वहाव बढ्ने क्रम जारी रहेकाले सर्तक रहन आग्रह गरिएको छ।