अछाममा पहिरोले पुरिदा ११ जनाको मृत्यु, लगातारको बर्षाका कारण उद्धारमा कठिनाई
2022/09/17, 10:16

धनगढी-अछाममा पहिरो जादा ११ जानको मृत्यु भएको छ । अछामाको तिन पालिकाको चार स्थानको बिभिन्न स्थानमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख नायव उपरीक्षक डिएसपी नारायण डागिले जानकारी दिए ।

सबै उद्धार कार्यमा जुटेकोले घटनाको बिस्तृत बिवरण अझै आउन केही समय लाग्ने डिएसपी डाँगीले जानकारी दिए । अहिले सबै क्षेत्रमा प्रहरी र स्थानीयको सहयोगमा उद्धार टोली खटिएको छ । बिहान पहिरो गएको कती मानवी क्षति र बेपत्ता भएको जानकारी संकलन भैरहेको छ ।
अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर ५ काडाचौर, कमलबजार नगरपालिका ६ ठाँटीखाँद, ढकारी गाउँपालिका ६ सिमानेमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । चार दिन देखि निरन्तर आएको बर्षाले गर्दा सबैबाटोहरु अबरुद्ध भएका कारण प्रहरी घटना स्थल पुग्न नसकेको डिएसपी डागिले बताए ।

2025/04/13, 5:16
2025/04/08, 1:41
2025/04/08, 1:39
2025/04/08, 1:38
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/06, 7:18
2022/05/15, 1:53