अछाम पहिराे अपडेट : १७ शव भेटिए, ६ जना अझै बेपत्ता
घाइते भएका ११ जनाको हेकिकोप्टरद्वारा उद्धार गर्ने तयारी
2022/09/17, 1:27

अछाममा बाढी तथा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । जिल्लाको तुर्माखाद गाउँपालिकामा चार जना, कमलबजार नगरपालिका वडा नम्बर ६ ठाँटीखादमा सात जना, कमलबजार नगरपालिका वडा नम्बर ८ मा पाँच जना र ढकारी गाउँपालिकामा एक जना गरी १७ जनाको बाढी तथा पहिरोमा परेर मृत्यु भएको हो ।

१७ जनाको शव भेटिँदा ६ जना अझै बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ । बाढी तथा पहिरोमा घाइते भएका ११ जनाको नेपाली सेनाको हेकिकोप्टरद्वारा उद्धार गर्ने तयारी भइरहेको छ । उनीहरूलाई उपचारका लागि हेलिकोप्टरमार्फत सुर्खेत लगिने तयारी भइरहेको जिल्ला प्रशासन कार्यलय अछामले जानकारी दिएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55