सुदूरपश्चिम प्रदेशका आन्तिरिक ममिला मन्त्री डा. रावलद्वारा प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन निर्देशन
2022/09/17, 7:44
 
dd

धनगढी-  सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सुदूरपश्चिमका प्रभावित जिल्लाका सुरक्षा प्रमुखलाई तत्कार उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।

अछाम, कैलाली र कञ्चनपुरमा भएको बाढी र पहिरोको उद्धारमा खटिन समेत प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरि निर्देशन दिएको बताएका छन् । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर अछामका विभिन्न ठाउँमा गए राती गएको पहिरोमा परी ज्यान गुमाएका, वेपत्ता तथा घाईतेको उद्धार तथा उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

त्यसैगरी कैलाली र कञ्चनपुरका सुरक्षा संयन्त्रलाई टेलिफोन सम्पर्क गरी तिब्र गतिमा खटिन निर्देशन दिएको मन्त्री रावलले जानकारी दिए । मन्त्री रावलले सुुरक्षा निकाए एबम् सरोकारहरुलाई निर्देशन दिने क्रममा उनले प्रदेस स्थानीय र सघं सरकारले उक्त घटनाको बारेमा गम्भिर भएर लाग्न आग्रह समेत गरेका छन् ।

‘मैले आफ्ना मातहतका सबै निकायलाई मुभ गराईसकेको छु’ मन्त्री रावलले भने–‘घटनका बारेमा पनि आफै प्रत्यक्ष फोन गरी बुझ्दैछु ।’ उनले भने –‘यसबारेमा संघिय गृहमन्त्रीलाई पनि जानकारी गराई राहत तहा उद्धारमा खटिसकेको छ ।’नागरिकको जीउ धनको रक्षा गर्ने भएको भन्दै बाढी र पहिरोमा परि घाइतेको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेको मन्त्री रावलले निर्देशन दिएको बताएका छन् । उद्धार गर्न हेलिकप्टरको पनि बेबस्था मिलाएको उनले बताए ।

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको छ । मन्त्री रावलले आन्तरिक मामिला तथा कानुन सचिव कमल प्रशाद ढकाल घटनाको बारेमा बुझ्न निर्देशन दिएको बताए ।