अछाममा पहिरोमा परि मृत्यु हुनेहरुको सनाखत
2022/09/17, 7:45
 
ss

अछाम-  अछाममा गत राती गएको बाढी पहिरो बाट मृत्यु र भएका हरुको सनाखत भएको छ । मृत्यु हुनेमा जिल्लाको कमलबजार नगरपालिका वडा नम्बर ६ निवासी  ३० बर्सिय  अमृता कामी, १७ बर्सिय सरिता कामी, २१ बर्सिय अर्धना कामी,९ बर्सिय निखिल कामी ,३६ बर्सिय मैनकला कामी ,१५ बर्सिय गिता कामी र १२  बर्सिय सिरु कामी रहेका छन् ।
 
यस्तै  सोही नगरपालिकाको वडा नम्बर ८ निवासी २६ बर्सिय गम्भीर दमाई,२३ बर्सिय भाना दमाई ,६ बर्सिय डिक्रा दमाई, ३ बर्सिय कलु दमाई ,  र ४ बर्सिय कल्पना दमाई रहेकाछन ।   त्यस्तै मृत्यु हुनेमा ढकारी गाउँपालिका वडा नम्बर ६ निवासी २ वर्षका नवीन बुढा ,तुर्माखाद गाउँपालिका वडा नम्बर ५ निवासी १६ बर्सिय जानकी शाही ,२१ बर्सिय भावना शाही ,४५ बर्सिय नेत्र बहादुर शाही ३६ मनिशा शाही रहेका छन् ।
 
घाइते हुनेमा कमलबजार नगरपालिका वडा नम्बर ६ निवासी  ८५ बर्सिय भक्त कामी ,४२ बर्सिय इन्द्रसिंह कामी ,३८ बर्सिय डिक्रा कामी ,१२ बर्सिय कल्पना कामी, १२ बर्सिय  ममता कामी ,१० बर्सिय सुशील कामि र २ बर्सिय सफलता कामीको स्थानीयको जिल्ला अस्पताल अछाममा उपचार भइरहेको छ ।   कमलबजार नगरपालिका वडा नम्बर ८ निवासी घाइते ६५ बर्सिय खन्टी दमाइको  कमलबजार प्राथमिक स्वास्थ केन्द्रमा सामान्य उपचार पछी घर फर्काइएको छ ।
 
६२ बर्सिय हर्क बुढा ,२१ बर्सिय  चन्द्रा देबि बुढा र १३ बर्सिय धर्म बुढा रहेकाछन् । घाइते तिनै जनाको नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि सुर्खेत प्रादेशिक अस्पतालमा लगिएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक नारायण डांगिले जानकारी दिए  ।