लालझाडीका डुबान प्रभावितकाे बिचल्ली, खान बस्न समस्या
2022/09/17, 8:02
 
ss

कञ्चनपुर-  दुई दिन देखिकाे अबिरल बर्षाका कारण दाेदा नदीमा अाएकाे बाढी गाउँमा पस्दा लालझाडी गाउँपालिकामा हजाराैँ घर डुबानमा परेका छन । स्थानिय निकायले उनीहरुकाे खाने र बस्ने ब्यवस्थापन नगरिदिदा बिचल्लीमा परेका छन ।

घरभित्र पानि पसेर पानि र हिलाे जमेका कारण बस्न सकिने अवस्था नरहेकाे स्थानियले गुनासाे गरेका छन । तत्कालका लागि सुख्खा खाना र शुद्ध पानीकाे मात्र ब्यवस्थापन गरिदिए केहि हद सम्म राहत हुने एक स्थानीय श्रीकृष्ण रानाले जानकारी गराउनु भयाे । लालझाडीमा १, २, ३, ४ र ५ नम्बर वडामा बाढीले ठुलाे क्षती गरेकाे छ । गाउँपालिकाका अध्यक्ष निर्मल रानाले तत्काल खान बस्नकाे कुनै ब्यवस्था गर्न नसकिएकाे बताउनु भयाे ।

बाढी प्रभावितकाे घर सम्म जान सकिने पालिका अध्यक्ष बताउछन । लालझाडीमा सबभन्दा बढी वडा ३ नं. मा घर डुबान भएका छन । पुनर्वास नगरपालिकामा भने बाढी प्रभावितका लागि खाद्यान्न उपलब्ध गराएकाे छ । बस्नका लागि सिमरी स्थित भिमसेन बाबा सत्सँग भवनमा ब्यवस्था गरिएकाे स्थानिय विपद ब्यवस्थापन समितिका सँयाेजक तिर्थराज रानाले जानकारी गराउनुभयाे । पुनर्वासमा ११८ घर धुरी डुबानमा परेका छन ।