नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको प्रथम सुदूरपश्चिम भेला भोलि, कर्ण थापाले उद्घाटन गर्ने
2022/09/18, 9:40
 
प्रगतिशील प्राध्यापक सङ्गठन

कैलाली - नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनले सुदूरपश्चिम भेलाको आयोजना गर्ने भएको छ । आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी भोलि सोमबार प्रादेशिक भेलाको आयोजना गरिने जानकारी दिइएको छ । काठमाडौँ १० औँ सम्मेलन सम्पन्न भएपछि सङ्घीयतामा पहिलो पटक प्रादेशिक भेला आयोजना गर्न लागिएको हो । 

भेला सोमबार बिहान १० बजेबाट कैलाली बहुमुखी क्याम्पसको सेमिनार हलमा सुचारु हुने नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सचिव तथा सुदूरपश्चिम इन्चार्ज मानबहादुर जोराले जानकारी दिनु भयो । उक्त भेलाको उद्घाटन नेपाल कम्युनिस्ट पार्टी एमालेका स्थायी कमिटी सदस्य कर्ण थापाले गर्ने छन् । २०३७ सालमा प्रगतिशील तथा वाम विचार राख्ने प्राध्यापकहरूको सक्रियतामा न्युक्लिअस नामबाट नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनको स्थापना भएको थियो । 

सम्मेलनको उद्घाटन सत्रमा नेपाली अर्थतन्त्रका पछिल्ला परिदृश्यहरू विषयक विचार गोष्ठी र दोस्रो सत्रमा प्रदेश सम्मेलन सम्पन्न हुने छ । सम्मेलनका लागि केन्द्रीय सदस्यहरू र प्रदेश समितिका सदस्यहरूलाई प्रतिनिधि छनौटमा सहजीकरण गर्ने जिम्मेवारी तोकिएको जोराले जानकारी दिनु भयो ।