
संविधान दिवसका उपलक्ष्यमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार देशभरिका ९९८ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।
सरकारले सार्वजनिक गरेको विभूषित हुनेहरूको नामावलीमा सुदूरपश्चिमबाट बझाङका देउडा गायक नन्दकृष्ण जोशीले सुर्कीर्तिमय राष्ट्रदीप पदक पाउने भएका छन् ।
त्यसबाहेक सुप्रबल जनसेवाश्री पदकबाट शिक्षाविद् प्रा.डा. हेमराज पन्त, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा तथा मख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालयका प्रदेश सचिव(कानुन) गंगाबहादुर खरेल विभूषित हुने भएका छन् ।
सुदूरपश्चिमबाट विभूषित हुनेहरुको सुचि हेर्नुहोस्-

सुकीर्तिमय राष्ट्रदीप
बझाङ– गायक नन्दकृष्ण जोशी
सुप्रबल जनसेवाश्री
- प्रा.डा. हेमराज पन्त– शिखर गाउँपालिका ९ डोटी
- किरण थापा – प्रमुख जिल्ला अधिकारी कैलाली
- गंगाबहादुर खरेल – प्रदेशसचिव काानुन, मख्यमन्त्री तथामन्त्रिपरिषद्को कार्यालय
प्रबल जनसेवाश्री
- पदमराज जोशी– समाजसेवी, बडिकेदार गाउँपालिका १ डोटी
- निङ्लासैनी माध्यामिक विद्यालयका, गोबरिया, कञ्चनपुरका प्राधानाध्यापक भवानीप्रसाद पन्त
- साँफेबगर २, अछामका सहित्यकार यज्ञराज उपाध्याय,
- डडेल्धुराका अभिनेता तथा निर्माता विराज भट्ट,
- कीर्तिमानी तेक्वान्दो खेलाडी कैलालीका दीपक विष्ट,
- बाजुराका प्रजिअ प्रकाशचन्द्र अधिकारी,
- डडेल्धुराका प्रजिअ मोहनराज जोशी,
- सिद्धनाथ माध्यमिक विद्यालयका, जोगबुढा डडेल्धुराका प्राध्यानाध्यापक पदमराज जोशी,
- जिल्ला अदालत बझाङका शाखा अधिकृत नरेन्द्रकुमार शर्मा
- परशुराम नगरपालिकाका, डडेल्धुराका प्रमुख प्रशासकीय अधिकृत तारानाथ पनेरु,
- गन्यापधुरा गाउँपालिका, डडेल्धुराका प्रमुख प्रशाकीय अधिकृत दीलिपकुमार तामाङ,
राष्ट्रदीप
- बुबाको पुर्खौली थलो बझाङ भएकी पौडी खेलाडी गौरिका सिंह
जनसेवाश्री पदक
- बैतडीका समाजसेवी नयनसिंह बोहरा,
- कञ्चनपुरका समाजसेवी मदन चन्द,
- डडेल्धुराका समाजसेवी लक्ष्मणबहादुर साउँद,
- बझाङका शिक्षा सेवा ब्रहमदत्त जोशी,
- कैलालीका भाषा संरक्षण सुश्री जीवन राना,
- कञ्चनपुरका कृषक कलावती देवी भट्ट,
- कैलालीका कृष्ण मनोजराज पडाल,
- डोटीका कलाकार सनम कठायत,
- कैलालीका स्वास्थ्यकर्मी लवदेव मिश्र,
- भलिबल प्रशिक्षक जगदिश भट्ट,
- कैलालीका चिकित्सक नरबहादुर मौनी,
- डडेल्धुराका समाजसेवी तेजराज भण्डारी,
- कैलालीका उद्योग व्यवसायी राजेन्द्रकुमार अग्रवाल,
- जिल्ला अस्पताल डोटीकी नर्सिङ निरीक्षक लक्ष्मी पन्त,
- आर्थिक मामिला मन्त्रालय, सुदूरपश्चिम प्रदेशका कार्यालय सहयोगी रामबहादुर डगौरा
-कञ्चनपुरका पत्रकार शेरबहादुर सिंह
नेपाल प्रताप सुभूषण
- जिल्ला प्रशासन कार्यालय, कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी,
नेपाल सेवा प्रवीण
- कञ्चनपुरका पत्रकार रोशनबहादुर खड्का,
- कैलालीका चिकित्सक मराज आलाम अन्सारी,
- कैलालीका पत्रकार टेकराज जोशी
समाजसेवी रत्न
- कैलालीका उद्योगी रुक्मणी देवकोटा,
- कैलालीका समाजसेवी दीपेन्द्र भट्ट,
- कञ्चनपुरका समाजसेवी कृष्णदत्त जोशी
राष्ट्रसेवा पदक प्रथम श्रेणी
- राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय कैलालीका उप–अनुसन्धान निर्देशक रमेशसिंह डाँगा,
- राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, डडेल्धुराका प्रमुख अनुसन्धान अधिकृत हरिशबहादुर विष्ट
शिक्षाज्योती पदक
- बैतडीका शिक्षक परमानन्द अवस्थी,
- गणेश माध्यामिक विद्यालय, डडेल्धुराका प्रधानाध्यापमक सुरेन्द्रबहादुर कार्की,
- रत्न माध्यामिक विद्यालय कञ्चनपुरका प्रावि शिक्षक हरिप्रसाद शर्मा
विकास रत्नपदक
- आदर्श गाउँपालिका डोटीका व्यवसायी मोहनराज ओझा