सुदूरपश्चिममा भारतबाट ५५ लाखको आयात
2020/06/26, 8:18
 
beshar

अघिल्लो बिहीबार राष्ट्रिय सभामा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बेसारले कोरोना निको हुने अभिव्यक्ति दिए । बेसार किन खाने बेसारका फाईदा के–के छन जस्ता विषयमा प्रधानमन्त्रीले लामो टीप्पणी गरेपछि सोही विषयलाई लिएर सामाजिक सञ्चाल तातेको छ । नेपालमा चालु आर्थिक बर्षको १० महिनामा २८ करोडको वेसार आयात हुँदा सुदुरपश्चिममा आधा करोड वढीबमे वेसार आयात भएको छ ।

देशका अन्य भन्सार नाकाभन्दा कम मात्रामा सामान आयात हुने सुदुरपश्चिमको नाकाबाट चालु आर्थिक बर्षको हालसम्म झण्डै ५५ लाख वढीको वेसार भारतबाट ल्याईएको हो । सुदुरपश्चिममा चालु आर्थिक वर्षको १० महिनामा आधा करोड बढीको बेसार आयात गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागले दिएको विवरण अनुसार सुदुरपश्चिममा १० महिनाको अवधिमा ५४ लाख ९३ हजार ८९० रुपैयाको वेसार आयात भएको छ । सुदुरपश्चिमका दुई नाका नित्रगर र गड्डाचौकी भएपनि वेसार भने त्रिनगर नाका भएर मात्रै वेसार आयात भएको छ ।

कैलालीको त्रिनगर भन्सार भएर चालु आर्थिक बर्षमा झण्डै ५५ लाखको वेसार आयात भएको प्रमुख भन्सार अधिकृत ईश्वर अर्यालले जानकारी गराए । ‘यो नाका भएर निकै कम मात्रामा मात्रै वेसार आउने गरेको छ । वेसारबाट हामीले चालु आर्थिक बर्षमा ५ लाख २५ हजार एक सय ९३ रुपैयाँ राजश्व प्राप्त गरेका छौं ।’ भन्सार अधिकृत अर्यालले भने– ‘यो नाकाबाट तयार पारिरएको वेसारको धुलो हो आउने भनेको । हालसम्म २४ हजार सात सय ४४ किलो वेसार भित्र्याईएको छ ।’ कञ्चनपुरको गड्डाचौकी नाका भएर भने वेसार नै आयात भएको छैन र भन्सारबाट आयात हुने सवै चिजहरुको कम्प्युटर प्रणालीमा चढाउने गरिएको छ । भन्सार विभागले नियन्त्रण गर्ने सो प्रणालीमा गड्डाचौकीबाट एक रुपैयाँको पनि वेसार आयात नभएको देखिएको प्रमुख भन्सार अधिकृत नहकुल शर्माले जानकारी दिए । ‘हाम्रो नाकाबाट वेसार आउने तथ्यांक नै छैन् । सानो तिनो पनि व्यवसायिक प्रयोजनको लागि ल्याएको देखिएन् ।’ भन्सार अधिकृत शर्माले भने । 

कैलालीको त्रिनगर भन्सार नाकाबाट चालु आर्थिक बर्षमा आयात भएको वेसार अघिल्लो आर्थिक बर्षको भन्दा दोब्बर हो । अघिल्लो आर्थिक बर्षमा २६ लाख चार हजार दुई सय पाँच रुपैयाँको वेसार आयात भएको थियो । सुदुरपश्चिममा १८ हजार चार सय ७७ मेट्रिक टन वेसार उत्पादन हुने गरेको छ । सुदुरपश्चिममा बेसार मसलाबालीको खेती एक हजार चार सय ३९ हेक्टर क्षेत्रफलमा खेती हुने गरेको सुदुरपश्चिम कृषि निर्देशनालयको तथ्यांक छ । कैलालीमा सवैभन्दा वढी ९ सय २५ क्षेत्रफलमा र डडेल्धुरामा सवैभन्दा कम ३० हेक्टर क्षेत्रफलमा वेसार खेती गर्ने गरिएको कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले जानकारी दिए । 

उनका अनुसार कैलालीपछि कञ्चनपुरमा एक सय ७४ हेक्टर क्षेत्रफलमा वेसार खेती गरिन्छ । दार्चुला पनि कम वेसार खेती हुने जिल्लामा पर्छ । त्यहाँ ३३ हेक्टर क्षेत्रफलमा वेसार खेती हुन्छ । वैतडी, वझांग, डोटी, अछाम र वाजुरामा ४५ देखि ७५ हेक्टर क्षेत्रफलमा वेसार खेती हुने निर्देशक जोशीले बताए ।