अछामका बाढीपहिरो पीडितलाई मन्त्री कुँवरद्वारा राहत प्रदान
2022/09/19, 11:07
 
ss

धनगढी- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले अछामका बाढीपहिरो पीडितलाई नगदसहित राहत प्रदान गरेका छन्। शुक्रबार रातिको बाढीपहिरोमा परी २२ जना र १ जनाको खोलाले बगाएर मृत्यु भएको थियो।

मन्त्री कुँवरले प्रतिव्यक्ति १० हजारका दरले मृतकका परिवारलाई सहयोग गरेका हुन्। उनले त्रिपाल, ब्ल्यांकेट, खाद्यान्नलगायतका सामग्रीसहित नगद सहयोग गरेको अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले बताए। म

न्त्री कुँवरले पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई भेटेर घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताए। 

यसैगरी गृह मन्त्रालयमार्फत प्रमुख जिल्ला अधिकारी मरासिनीले प्रति परिवार १ लाखका दरले किरिया खर्च उपलब्ध गराएका छन्।